बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा पुन: दीपक श्रेष्ठ सर्वसम्मत निर्वाचित

लन्डन – ‘बुद्ध फाउन्डेसन यूके’ को अध्यक्षमा पुन: दीपक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । लन्डनमा सम्पन्न संस्थाको पहिलो अधिवेशनले फाउन्डेसनका संस्थापक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्र्मत निर्वाचीत गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षमा जीवन सेन, अर्जुन कटुवाल र प्रसुना कंडेल निर्वाचित हुनु भएको छ । महासचिवमा लक्ष्मी राई (लारा), सचिवमा सुरेन रुपाखेती, कोषाध्यक्षमा तेजेन्द्र रोकामगर र सहकोषाध्यक्षमा निरञ्जन खड्का चयन हुनु भएको छ ।

त्यसैगरी, प्रवक्तामा लछुमन गुरुङ, इभेन्ट संयोजकमा ह्यारी गुरुङ र सहसंयोजकमा पन्डित निलहरि घिमिरे, महिला संयोजकमा वन्दना केसी र सहसंयोजकमा मेनका खांड, युवा संयोजकमा किशोर राना, खेलकुद संयोजकमा चन्दन गुरुङ, मिडिया संयोजकमा बाचस्पति रेग्मी, सामाजिक सञ्जाल संयोजकमा दीपक मैथाने, आइटी संयोजकमा सन्तोष मन्डल तथा सांस्कृतिक संयोजकमा सुर्य गुरुङ र सहसंयोजकमा दिलु गुरुङ चुनिनु भएको छ ।

कार्यसमिति सदस्यहरुमा कृष्ण भण्डारी (वेल्स), विजय डंगोल (स्कटल्यान्ड), नारायण कुँवर (नर्दन आयरल्यान्ड), रविन्द्र शर्मा (मिडल्यान्ड), धनराज मल्ल, सुक गुरुङ, अर्चना गुरुङ, अञ्जना थापा, प्रतिमा जोशी, इश्वर महर्जन, मीननहादुर पुन, दीर्घ केसी, रामकुमार थापा, जय श्रेष्ठ र केशव खरेल चयन हुनु भएको छ ।

निर्वाचन समितिका प्रमुख आयुक्त शिवजी श्रेष्ठले सर्वसम्मतिमा निर्वाचित कार्यसमितिको घोषणा गर्नु भएको थियो । कार्यक्रमम प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो भने प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले शपथ ग्रहण गराउनु भएको थियो ।

यसअघि फाउन्डेसनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदनहरुमाथि छलफल गर्दै पारित गरिएको थियो । विधान समितिका संयोजक फडिन्द्र भट्टराईले प्रस्तुत गरेको विधान पनि संशोधनसहित पारित गरिएको थियो ।

निवर्तमान समितिका तर्फबाट महासचिव अर्जुन कटुवालले वार्षिक तथा कोषाध्यक्ष राजन खकुरालले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । स्वागत मन्तव्य राख्दै उपाध्यक्ष सचिन श्रेष्ठले संस्थाका हालसम्मका गतिविधि र भावी योजनाबारे ‘पावरपोइन्ट प्रिजेन्टेसन’ गर्नु भएको थियो ।

त्यस अवसरमा बेलायतका लागि पर्यटन दूत महन्थ श्रेष्ठ, एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, प्रमुख निर्वाचन आयुक्त शिवजी श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, बिसीसी यूके संस्थापक अध्यक्ष काजी शेर्पा लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार १६:१४