रामकृष्णको ‘विश्वास’ मा केकी अधिकारी (भिडियो )

काठमाडौँ : अस्ट्रेलियालाई कर्मभूमी बनाउदै आएका गायक डा रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डा भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ।

अस्ट्रेलियाको विभिन्न रमणीय स्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका हुन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ। गीतको भिडियोमा विदुर क्षेत्री र निज्मा केसीले क्यामेरा चलाएका छन् भने सम्पादन निज्मा केसी ले गरेका छन् ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २०:२१