बालेनलाई नबिल बैंकको साथ, काठमाडौँका १८ वटा शाखामा सार्वजनिक शौचालय प्रयोग गर्न दिने सहमति

काठमाडौँ : काठमाडौं मेयर बालेन्द्र साहको अभियानमा विभिन्न बैंकहरुले साथ दिएका छन् । नबिल बैंकले काठमाडौँको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्न दिने भएको हो । आजदेखि काठमाडौँ महानगर र नबिल बैंकबीच बैंकको शौचालय प्रयोग गर्न दिने सहमति भएको हो ।

सम्झौतामा नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निस्शुल्क शौचालय गर्न पाउनेछन्।

शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ ।

काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो ।


प्रकाशित | २५ जेष्ठ २०७९, बुधबार १५:३२