प्रधानमन्त्रीले आफ्नै गरिमा कायम राख्न सक्नु भएन: काग्रेस नेता निधी

काठमाडौं : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले आफ्नै गरिमा कायम राख्न नसकेको बताउनुभएको छ । संसदमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको स्पष्ट देखिएको नेता निधीले बताउनुभयो ।बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तरवार्ता सबैलाई हेर्ने हो भने त्यसमा आम जनतालाई, संसदलाई र आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान भएको बताउनुभयो । उपसभापति निधिले प्रधानमन्त्री ओलीलाई आफूले प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भएरनभएको ठण्डा दिमागले सोच्न पनि आग्रह गर्नुभएको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २०:१३