गौरीनाथ देवलधारादेखि अर्याल गाउॅ सम्मको ३ किलोमिटर सडक कालोपत्रे, मेयर कार्कीले गरे अवलोकन

काठमाडौं । गौरीनाथ देवलधारा, अधिकारी, लामिछाने गाउँ, गजुरेल नेपालडाडॅा हुदै शिव पञ्चायन मन्दिर अर्याल गाउॅ सम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।

यो सडकमा कालेपत्रे भएसँगै कागेश्वरी मनोहराका ६, ७ र ८ तथा गोकर्णेश्वर ७ बासी लाभान्विभत हुने भएका छन् ।

सो सडकको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले अवलोकन गर्नु भएको छ ।

सडकको अवलोकन गर्नुहुँदै मेयर कार्कीले आफ्नो पहिलो एक वर्षमा सडक, खानेपानीमा धेरै काम भएको बताउनुभयो ।

उहाँले यो सडक कालोपत्रे भएसँगै हजारौ स्थानीयबासी लाभान्विभत हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।


प्रकाशित | २१ जेष्ठ २०८०, आईतवार २१:३९