भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा सूर्यविनायकमा वृक्षारोपण गरिएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा वडा नं. ५ सृजना नगर अन्तरगतको अरनिको राजमार्गमा दुई दर्जन भन्दा बढी विरुवाहरु रोपी वृक्षारोपण गरिएको हो ।

नगरप्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, नगर प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नं. ९ का वडाध्यक्ष भगवान खत्री, नगरपालिकाको वातावरण शाखा प्रमुख अनिरुद्र नेपाल, नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहाल, भक्तपुर शाखा प्रवन्धक बाबुराम चौलागाई, संञ्चालक गोविन्द आचार्यलगायतका सामाजिक क्षेत्रका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित | २१ जेष्ठ २०८०, आईतवार २१:१२