नेपाली विद्यार्थीलाई ‘चिनियाँ राजदूत छात्रवृत्ति’

काठमाडौं: ‘चिनियाँ राजदूत छात्रवृत्ति’ सामुदायिक विद्यालयमा अध्ययनरत २३ जना नेपाली विद्यार्थीलाई प्रदान गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो छात्रवृति प्रदान गर्नुभयो । समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल उपस्थित हुनुहुन्थ्यो । नेपाल चाइना कल्चरल एण्ड एजुकेशनल काउन्सिलले बिहिबार आयोजना गरेको कार्यक्रम काउन्सिलका अध्यक्ष डा. हरिशचन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १८:५७