सूर्यविनायक नगरपालिकामा मेयर बासुदेव थापाको ६ वर्ष, के-के भए महत्वपूर्ण काम ?

भक्तपुर । सूर्यविनायक नगरपालिकाले एक पछि अर्को गर्दै विकास निर्माणमा फड्को मार्न सफल हुँदै गएको छ । नगरपालिकामा ६ वर्षअघि बासुदेव थापाको नेतृत्वमा पहिलो पटक जनप्रतिनिधि आएपछि विकास निर्माणमा फड्को मार्न सफल हुँदै गएको हो ।

नगर प्रमुख थापाको नेतृत्वमा शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, पर्यटन, खानेपानी, खेलकुदलगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भएका छन् भने पहिलो कार्यकालका अधुरा योजना पूरा हुन थालेका छन् ।

मेयर थापाले अवलम्बन गर्नु भएको ‘राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐब्यबद्धता’ को नाराले सार्थकता पाउँदै गएको छ । मेयर थापा निर्वाचीत भएर आउनु भएपछि पहिलो र दोस्रो कार्यकालको अहिलेसम्मका १३ औं नगर सभा र १४६ वटा कार्यपालिका बैठक सर्वसम्मत पारित भएका छन् ।

सबैको साथ र सहयोगकै कारण मेयर थापा यतिखेर दिर्घकालीन सोच, योजनाका साथ आवधिक नगर विकास योजना निर्माणमा जुट्नु भएको छ। जसको तयारीका लागि सूर्यविनायक नगरपालिकाले शनिबार आवधिक नगर विकास योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ ।आवधिक नगर विकास योजना तर्जुमा गोष्ठीमा नगर प्रमुख थापाले ६ वर्षमा भएका मुख्य मुख्य उपलब्धीलाई प्रस्तुत गर्नुभयो ।

पहिलो पटक सहकारी ऐन बनाई उत्कृष्ठ पुरस्कार प्राप्त गरेको, नगरपालिकाको स्वमूल्यांकनमा भक्तपुर जिल्लामा पहिलो भएको, सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने पहिलो नगरपालिका बन्न सफल भएको, लेखापरिक्षणका क्रममा उपत्यकाका १८ वटा नगरपालिकामा दोस्रो र भक्तपुरमा पहिलो भएको, २०७४ सालमा ८ करोड मात्र रहेको आन्तरिक आय अहिले ५५ करोड सम्म पुगेको जस्ता महत्वपूर्ण उपलब्धी प्रशंसायोग्य छन् ।

नगर प्रमुख थापाले नगरपालिकामा पहिलो पटक सहकारी ऐन बनाई उत्कृष्ठ पुरस्कार प्राप्त गरेको, नगरपालिकाको स्वमूल्यांकनमा भक्तपुर जिल्लामा पहिलो भएको, सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने पहिलो नगरपालिका बन्न सफल भएको, लेखापरिक्षणका क्रममा उपत्यकाका १८ वटा नगरपालिकामा दोस्रो र भक्तपुरमा पहिलो भएको, २०७४ सालमा ८ करोड मात्र रहेको आन्तरिक आय अहिले ५५ करोड सम्म पुगेको जस्ता महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।

उहाँले नगरपालिका आत्मनिर्भर बन्नका लागि ब्यवस्थित ढंगले लागिपरेको र अबका दिनमा नगरपालिकालाई कसरी अगाडि बढाउने भन्ने विषयमा देशभरका विज्ञले सिकेको ज्ञान, सिप र अनुभवलाई नगरपालिकामा हस्तान्तरण गरिने बताउनुभयो ।

नगर प्रमुख थापाका अनुसार नगरपालिकामा १० हजार घरधुरीलाई मात्र खानेपानीको पहुँचमा रहेकोमा यो अवधिमा ११ हजार थप गरि २१ हजार घरधुरीलाई खानेपानी वितरण गरिएको छ भने मेलम्ची खानेपानी १ देखि ६ वडाको लागि ७ करोडको बजेटमा ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत उपभोक्ता समितिले ब्यर्होने गर्ने गरि काम अगाडि बढिरहेको छ ।

त्यस्तै, नगरपालिकाले ६ सय सातासम्म हनुमन्ते सरसफाई अभियान संचालन गरेको छ भने सुन्दर नगरी बनाउन लागिपरेको छ । ६ वर्षमा धेरै सामुदायिक भवनहरु बनेका छन् भने कृषी, उद्योग विकासका पनि पुष्प ब्यवासय प्रबद्र्धन गर्ने जस्ता महत्वपूर्ण कार्य भएका छन् ।

नगरभित्र उज्ज्यालो कार्यक्रमबाट ५ हजार २३ वटा सडक बत्ति जडान भएका छन् । साथै ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई विशेष सम्मानस्वस्वप पाँच हजार दिने र अन्य सामाग्री सहयोग गरिदै आएको छ ।

This image has an empty alt attribute; its file name is basu-1-1024x841.jpg

२० वटा मात्र पक्की पुल रहेको नगरपालिकामा अहिले ३५ वटा थपिएका छन् भने पक्की पुलको संख्या ५५ पुगेको छ । यो सम्भवत ७५३ स्थानीय तहमध्येकै सबैभन्दा धेरै हुन सक्ने दावी छ ।

नगरबासीको स्वास्थ्यलाई विशेष ध्यान दिर्दै २५ शैप्याको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । साथै नगरपालिकाले हालसम्म ८७ वटा कानून निर्माण गरेको छ ।

भुक्तानी विद्युतीय प्रणलीबाट गरिएको छ भने नक्सापास पनि घरबाटै गर्न सक्ने गरि कार्य अगाडि बढाइएको छ ।

नगरपालिकाको आवधिक तर्जुमा गोष्ठीमा नगरपालिकाका नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, वडाध्यक्षहरु, जनप्रतिनिधि तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता थियो ।

सो अवसरमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले आवद्यिक योजनाका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

आवधिक नगर विकास योजना तर्जुमा गोष्ठीका झलकहरु


प्रकाशित | ६ जेष्ठ २०८०, शनिबार २१:०८