भक्तपुर: सूर्यविनायक नगरपालिकाका १० वटै वडामा सञ्चालीत कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले बनाएको कानून सवै नागरिकसम्म पुर्याउने उद्देश्यले नगरवासीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम सम्पन्न गरिएको हो ।

गत बैशाख १० गते वडा नंं २ बाट शूरु गरिएको कार्यक्रम वडा नंं ५ मा आएर सम्पन्न गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, शिक्षक, वडा स्तरीय मेलमिलापकर्ता, विभिन्न उपभोक्ता समितिका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, नागरिक समाज र आम नगरसबासीको सहभागितामा भएको कार्यक्रम शुक्रबार नगर प्रमुख बासुदेव थापाले समापन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले सबै कानून जानेर सम्भव नभए पनि ब्यवहारमा अति आवश्यक पर्ने कानून जान्नैपर्ने बताउनुहुँदै तालिममा सिकेका कुरालाई ब्यवहारमा उर्तान सुझाव दिनुभयो ।

नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकाले हालसम्म ३२ वटा ऐन, ८ वटा नियमावली, ४५ वटा कार्यविधि र २ वटा निर्देशिका गरि ८७ वटा कानून निर्माण गरिएको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले हरेक नागरिकले आफ्ना अधिकारका बारेमा कहाँ लेखिएको छ भन्ने बुझ्न जरुरी रहेको बताउँनुहुँदै यस्ता कार्यक्रमले कानूनी सचेतनामा सहयोग पुग्ने बताउनुभयो ।



उपमेयर तिमिल्सिनाले हरेक वडामा प्रतिनिधिमूलक रुपमा ४० देखि ५० गरि समग्र नगरभरि ५ सय जनालाई तालिम प्रदान गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाले समग्र विकासका लागि मानवीय विकासमा जोड दिएको समेत बताउनुभयो ।

विधायन समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष प्रदीप कार्कीले कानूनको विषयमा आम नगरबासीलाई जानकारी गराउने उद्देश्यले १० वटै वडाका कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नुभयो । सयोजक कार्कीले सेवा दिने दौरानमा नगरबासी र नगरपालिकाबीचमा हुने अस्पष्टता हटाउन पनि यस्ता कार्यक्रमले सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव अधिवक्ता शेरबहादुर ढुंगाना र अधिवक्ता गोमा क्षेत्री कटुवालले मुख्य प्रशिक्षका रुपमा तालिम प्रदान गर्नु भएको थियो । यस्तै, अधिवक्ताहरु किरण पौडेल, अनिल कुमार श्रेष्ठ, अनुष्का भट्टराई, गोविन्द चौलागाई, सुरज पौडेल, नगरपालिकाका पदाधिकारीहरु, कानूनी सल्लाहकार तथा अन्य कानूनका विज्ञहरुले प्रशिक्षकको रुपमा तालिम प्रदान गर्नु भएको थियो ।

तालिममा सहभागि उमा पौडेलले कानून सम्बन्धी धेरै कुरा जान्न पाएको र कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा सञ्चालन भएकोमा खुसी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विधायन समितिका सदस्य सचिव तथा सूचना अधिकारी अनिरुद्र नेपाल, कार्यक्रम संयोजक पुस्कर राज बरालले सर्वसाधारणलाई कानूनको अध्ययन गर्न सजिलोको लागि ऐन तथा नियमहरुको संग्रह समेत प्रकाशित गरी नगरपालिकाको वेभसाईटमा राख्ने गरेको जानकारी गराउनुभयो ।

सो अवसरमा प्रशिक्षकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।


वडा नंं ५ का वडाध्यक्ष राजकुमार जोशीको सभापत्विमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु सानुकाजी कायस्थ, दिपेन्द्र केसी, भगवान खत्री, ईश्वर खडकालगायत जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो
प्रकाशित | ५ जेष्ठ २०८०, शुक्रबार १९:५८