बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४औँ बुद्धजयन्तीका अवसमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा मिलोस् भन्दै राष्ट्रपति भण्डारीले बुद्धजयन्तीको शुभकामना ब्यक्त गर्नुभएको हो ।

बौद्धदर्शनका प्रवर्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि ब्यक्त गर्नुभयो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस ९कोभिड–१९० को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपति भण्डारीले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | २५ बैशाख २०७७, बिहीबार ०७:१४