हनुमन्ते करिडोरको २५० मिटर सम्मकाे घर नक्सा पास खुल्ला गर्ने सूर्यविनायक नगरपालिकाको निर्णय

भक्तपुर । बिगत लामो समय रोक्का रहेको हनुमन्ते करिडोरको २५० मिटर क्षेत्रभित्र पर्ने घर नक्सा पास खुल्ला गर्ने निर्णय भएको छ ।

सूर्यविनायक नगरपालिकाको कार्यापालिका बैठकले लामो समय सम्म रोक्का रहेको हनुमन्ते खोलाको २५० मिटर क्षेत्रभित्रको घर नक्सा पास खुल्ला गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बुधबार बसेको १४६ ओैं कार्यापालिका बैठकले सो निर्णय गरेको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is Hybrid-bachat-khata_1200x100-1.gif
This image has an empty alt attribute; its file name is Lumbini-General-Insurance.gif

प्रवक्ता सापकोटाका अनुसार बैठकले करिडोरको मापदन्ड कायम गरी बॅाकी क्षेत्रमा घरनक्सा पासको लागि फुक्का गरिएको हो ।


प्रकाशित | ३ जेष्ठ २०८०, बुधबार १९:४५