एमालेलाई कसैले पनि हराउन सक्दैन : अध्यक्ष ओली

भक्तपुर –  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने बताउनु भएको छ । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित कार्यक्रममाबोल्दै अध्यक्ष ओलीले एमालेले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ र सहयोग भन्दै कसैले पनि हराउन नसक्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको भन्दै फेरि निर्वाचनको माध्यमबाट सरकारमा आउने दाबी गर्नुभयो ।

ओलीले आफ्नो बाँकी जिन्दगी देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गर्नु भएको विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।


प्रकाशित | ११ फाल्गुन २०७८, बुधबार २०:४४