सेयर बजारमा गिरावट

काठमाडौं: साताको अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ । आज ( बिहीबार ) नेप्से मापन गर्ने सूचकमा सामान्य गिरावट आएको हो । बिहीबार सेयर बजारमा ५.६४ अंकको गिरावट आएर परिसूचक १२९१. ९६ बिन्दुमा रोकिएको छ । १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता सेयर ९४ करोड ७३ लाख ४७ हजार ७७६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा बिहीबार सानिमा बैंकको संस्थापक समूह अग्रस्थानमा छ । सानिमाको ३२ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र नेको इन्स्योरेन्स रहेका छन् । बिहीबार निर्जीबन बीमा कम्पनी, उत्पादन तथा प्रशोधनको सेयर कारोबारमा सुधार आएपनि बाँकी सबै उपसमूहको कारोबारमा गिरावट आएको हो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १६:२८