सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न आवश्यक छ : मेयर कार्की

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सामुदायिक विद्यालयले संस्कारसहितको प्रतिस्पर्धी क्षमतावान विद्यार्थी तयार पार्न लाग्नुपर्ने बताउनु भएको छ । सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न आवश्यक रहेकोमा जोड दिदैै मेयर कार्कीले विद्यालय आफैले चुम्बक बन्न र विद्यार्थी तान्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो ।

नगरपालिकाभित्रका प्रधानाध्यापकसहित सरोकारावाला निकायसँग नगर शिक्षा अवधारण सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा बोल्नुहुँदै मेयर कार्कीले सामुदायिक विद्यालयलाई सबैको आर्कषक र नमूना बनाउन सम्बन्धीत विद्यालय आफैको भूमीका हुने बताउनुभयो ।

नमूना सिद्धी गणेश विद्यालयले निजी क्षेत्रका एक सय भन्दा विद्यार्थीहरु तान्न सफल भएको उदाहरण प्रस्तुत गर्नुहुँदै मेयर कार्कीले सामुदायिक विद्यालय निजी भन्दा कम नहुने र त्यसमा सम्बन्धीत विद्यालय ब्यवस्थापनको हात हुने बताउनुभयो ।

उहाँले सरकारले सामुदायिक र संस्थागक विद्यालयहरुलाई समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा जोड समेत दिनुभयो ।

मेयर कार्कीले विना लगानी शैक्षीक क्षेत्रको सुधार सम्भव नरहेको बताउनुभयो । साथै सामुदायिक विद्यालयलाई सुर्धान विभिन्न संस्थाहरु र मन्त्रालयहरुबीच समन्वयतात्मक भूमीकाको खाँचो रहेको पनि उहाँले बताउनुभयो ।

शिक्षकहरुको ब्यवस्थापन नै सबैभन्दा ठूलो समस्या रहेको र विषयगत तथा तह अनुसार शिक्षकहरुको अभाव रहेको उहाँले बताउनुभयो । प्राविका शिक्षकले मावि सम्म पठाएर धान्नु पर्ने बाध्यताको अन्त्य नगरेसम्म शैक्षीक क्षेत्रमा सुधार सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

साथै मेयर कार्कीले कम्तिमा तीन महिनामा एक पटक सरोकारवालाहरुबीच अन्तरक्रिया तथा समिक्षा कार्यक्रम आयोजना गरेर यो अवधिमा सामुदायिक विद्यालयमा के के सुधार भए सूचीसहित वडा कार्यालय वा प्रधानाध्यापकले कम्तिमा एक पेजको रिपोर्ट पेश गर्ने परिपाटीको शूरुवात गर्नुपर्ने बताउनुभयो ।


प्रकाशित | १५ बैशाख २०८०, शुक्रबार २१:३७