एनआरएनएको साख फर्काउन आगामी महाधिवेशन एकता र सहमतिको आधारमा गर्नुपर्छ : महेश श्रेष्ठ

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठ युरोपका विभिन्न देशको भ्रमणमा हुनुहुन्छ ।

एनआरएनए यूरोप क्षेत्रीय सम्मेलनको क्रममा चेक रिपब्लीकमा भाग लिन पुग्नु भएको श्रेष्ठले सोही अवसरमा विभिन्न देशका एनसिसीसँग छलफल तथा अन्तरकृया कार्यक्रम जारी राख्नु भएको छ । उपाध्यक्ष श्रेष्ठले पोर्चुगल, स्पेन, जर्मनी, नदेरल्याण्ड्स, बेल्जियम लगायतका यूरोपका विभिन्न देशमा भ्रमण जारी राख्नु भएको हो ।

भ्रमका क्रममा अधिकांश गैर आवासीय नेपालीहरुले गैर आवासीय नेपाली संघमा देखिएको विवादको विषयमा चासो ब्यक्त गरेको र एनआरएनप्रति वितृष्ण रहेको निश्कर्ष निकाल्दै श्रेष्ठले एनआरएनए भित्रको विवादले सबैतीर अविश्वास उत्पन्न गरेकाले आगामी महाधिवेशन एकता र सहमतिको आधारमा हुनुपर्ने बताउनुभयो ।

‘विगतमा एनआरएनको चाम जुन किसिमको थियो, त्यही अवस्थामा फर्काउन अधिकतम सहमति गरेर आगामी नेतृत्व चयन गर्ने वातावरण निर्माण गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘धुमील भएको संस्थाको इज्जत जोगाउन र प्रतिष्ठा फर्काउन सहमतिको आधारमा नेतृत्व चयन गर्दै सबैलाई मिलाउन सक्ने ब्यक्तीलाई नेतृत्वमा ल्याउनुपर्छ ।’

वर्तमान नेतृत्वको मुख्य जिम्मेवारी संस्थालाई एकताबद्ध गर्ने र सहमतिको आधारमा नेतृत्व चयन गर्ने भएको समेत उहाँले बताउनुभयो । संस्थालाई एकताबद्ध बनाउने सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुहुँदै उपाध्यक्ष श्रेष्ठले तीन/तीन जना अध्यक्ष र जम्बो कार्यसमिति र अर्कातर्फ छुट्टै एनआरएनएले विश्वभरिका गैर आवासीय नेपालीहरुलाई दुखी बनाएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठद्धारा एनआरएनए पोर्चुगलको कार्यालय उद्घाटन

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष महेश श्रेष्ठले एनअराएनए पोर्चुगलको कार्यालय उद्घाटन गर्नु भएको छ । एक कार्यक्रमकाबीच एनआरएनए पोर्चुगलको कार्यालय उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा सचिव गंगाधर गौतम, युरोप संयोजक चिन्तामणी सापकोटा, युरोप उपसंयोजक तिलक गैरे, युरोप युवा उपसंयोजक रोबोट लिम्बू, पर्यटनदूत तथा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष रमेशकुमार गुरुङ, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, पूर्व आइसिसी सदस्य नारायणकाजी मगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हेम गुरुङ लगायत सहभागि हुनुहुन्थ्यो ।

This image has an empty alt attribute; its file name is land-add-jpg-791x1024.png

अध्यक्ष रविन अधिकारीको सभापतीत्वमा सम्पन्न कार्यक्रम महासचिव राजकुमार थापाले संचालन गर्नु भएको थियो ।


प्रकाशित | ३ जेष्ठ २०८०, बुधबार १४:१०