प्रधानमन्त्री ओली प्रचण्ड निवासमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली आज बिहान ११ बजे प्रचण्ड निवास पुग्नुभएको हो । प्रधानमन्त्री खुमलटार जानुभएका कारण त्यस क्षेत्रमा बाक्लोमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्रीको साथमा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहितका केही नेता पनि रहेको बुझिएको छ । नेकपा भित्रको विवाद थप बल्झिदै गइरहेको समयमा प्रधानमन्त्री प्रचण्ड निवासमा जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रकाशित | ४ पुष २०७७, शनिबार १२:४१