दोलखाका सांसद बिशाल खडकालाई कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा बागमती प्रदेश सांसद बिशाल खडकालाई कोरोना संक्रमण भएको छ । दोलखाको निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेशसभामा निर्वाचित सांसद खडकाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको हो ।

सांसद खडकाले भन्नुभएको छ, ‘सामान्य रुघाखोकी, हल्का ज्वरो र जिउ दुख्ने समस्यापछि चार दिनयता घरमै बसेको थिएँ, आज कोभिड परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो’ । उहाँले यसबीचमा आफूसँग नजिकको सम्पर्कमा आएका सवैलाई पिसिआर परीक्षण गर्न पनि सुझाव दिनुभएको छ ।

‘यो बीचमा मेरो सम्पर्कमा आउनु भएका सवैलाई सावधानी अपनाउन र सरकारले तोकेको प्रोटोकल अनुसार लक्षण देखिए परीक्षण गर्न जान सहयोग होस भनेर जानकारीका लागि आफ्नो अबस्था सार्वजनिक गरेको हुँ,’ खडकाले भन्नुभएको छ ।

सांसद खडकाले कोरोनाले श्वासप्रश्वासमा निकै गाह्रो पार्ने गरेको बताउँदै सबैलाई सचेत र सतर्क रहन आग्रह गर्नुभएको छ । ‘सोचेजस्तो रैनछ कोरोना, निकै गाह्रो पार्दो रहेछ, सवै सचेत बन्नोस,’ सांसद खडकाको अपिल छ ।


प्रकाशित | २३ आश्विन २०७७, शुक्रबार १५:०४