कांग्रेस प्रदेश २ को स्थगित निर्वाचन आज हुँदै

काठमाडौं – नेपाली कांग्रेसको प्रदेश २ को निर्वाचन आज हुँदैछ । बुधबार मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएपछि रोकिएको मतदान आज दिउँसो १ बजेपछि हुने भएको हो ।

निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई हुँदा १० बजेबाट मतदान सुरु गर्ने तय गरिएको जानकारी दिनु भयो ।

प्रदेश २ कांग्रेस सभापतिमा रामसरोज यादव र कृष्ण यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, विभिन्न ७२ पदका लागि १७४ जना उम्मेद्वारले मनोनयन गरेका छन् । हिजो झडप भएपछि अधिवेशन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


प्रकाशित | ८ पुष २०७८, बिहीबार ०९:३९