भुटानसँग बराबरीमा रोकियो नेपाल, लाओससँग फाइनल खेल्ने 

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ।। नेपालले भुटानविरुद्ध १-१ को बराबर खेल्दै हारबाट जोगिएको हो ।

खेलको २० औं मिनेटमा भुटानले अग्रता लियो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुको हेडर गोलमा परिणत भएको थियो । फ्रन्ट पोस्टमा तेन्जिङको रन नेपाली डिफेन्सले ठम्याउन नसक्दा भुटान अग्रता लिन सफल रहेको थियो ।

दशरथ रंगशालामा फितलो प्रदर्शन बाबजुत हारतर्फ उन्मुख नेपाली टोलीले अन्तिम समयमा गोल गरेको हो । ९० औं मिनेटमा दिपकले नेपालका लागि बराबरी गोल गरे । निशान खड्काको कर्नरमा अनन्त तामाङले दिएको हेडरलाई दिपकले खाली पोस्टमा गोल गरेका थिए ।

यससँगै नेपाल र लाओस फाइनल खेल्ने भएका छन् । नेपाल ४ अंकसहित शीर्षस्थानमा रहँदा लाओस ३ अंकले दोस्रो भयो । भुटान १ अंक जोड्दै समूह चरणबाट बाहिरियो ।


प्रकाशित | १४ चैत्र २०७९, मंगलवार २०:३१