थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने टोलीको घोषणा

काठमाडौं – प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुनु एक दिन अगाडि नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा भएको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् ।

दशरथ रंगशालामा नेपाल र लाओसबीचको उद्घाटन खेल बुधबार साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

थ्री नेसन्समा चैत ११ गते भुटान र लाओस तथा चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।

राष्ट्रिय फुटबल टोली-

गोलरक्षक  – किरण चेम्जोङ , दीप कार्की , अभिषेक बराल

डिफेन्डर  – रोहित चन्द , अनन्त तामाङ , आदित्य चौधरी, विकास खवास , सनिश श्रेष्ठ , निशान खड्का, पदम भट्टराई

मिडफिल्डर – मणि लामा, नविन लामा , पुजन उपरकोटी , एरिक विष्ट , कमल थापा  , आशिष चौधरी , आयुष घलान  र सुमित श्रेष्ठ

फरवार्ड – दीपक राज सिंह ठकुरी, मनिष डाँगी , नवयुग श्रेष्ठ , भरत खवास र अन्जन विष्ट


प्रकाशित | ७ चैत्र २०७९, मंगलवार २१:११