मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हेर्ने सपना पुरा हुने

काठमाडौँ – सर्वाधिक चासो र प्रतीक्षा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हेर्ने सपना पुरा हुने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की ज्यू र नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्द बिच मुलपानी क्रिकेट मैदानमा सयुंक्त पहलमा अप्रिल/मे सन् २०२३ मा नेपाल सहित १० राष्ट्र सम्मिलित हुने एसीसी पुरुष प्रिमियर कप अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता संचालनको लागि वृहत छलफल कार्यक्रम सम्पन भएको हो । एसीसी पुरुष प्रिमियर कप अन्तर्गत नेपालको प्रतियोगिता पनि मुलपानी क्रिकेट मैदानमा हुने कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बताउनु भयो ।

नेपाली क्रिकेटलाई अन्तर्रािष्ट्रय स्तरमा चिनाउन, आन्तिरक प्रतियोगिता बढाउन र खेलाडीमा थप निखारता ल्याउन मूलपानी क्रिकेट मैदानलाई सबैले आशाको केन्द्रका रुपमा हेरेका छन् । सर्वाधिक चासो र प्रतीक्षा गरिएको पहिलो पूर्ण सुविधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट मैदान लाई छिटो सम्पन्न गर्नको लागि कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीले निरन्तर पहल गरिरहनु भएको छ ।


प्रकाशित | ६ चैत्र २०७९, सोमबार २२:००