एनआरएनए अमेरिकाद्धारा नयाँ सदस्यताका लागि आवेदन खुला, अन्तिम म्याद मे १५

न्यूर्योक: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी कार्यकाल (२०२३-२०२५) का लागि नयाँ सदस्यताको आवेदन खुलाएको छ । एनसिसी अध्यक्ष बुद्धि सागर सुवेदीले एक विज्ञप्ति जारी गर्नुहुँदै नयाँ सदस्यताको लागि आवेदन खुलेको जानकारी गराउनुभएको हो ।

अध्यक्ष सुवेदीका अनुसार विधानमा गरिएको व्यवस्था तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदसँग गरिएको सम्झौता अनुसार एमआईएस सिस्टममार्फत सदस्यता खुल्ला गरिएको हो ।

संस्थाको विधानको अनुसूची ३ बमोजिम मे १५ भित्रमा आजीवन सदस्यले आफ्नो विवरण अद्यावधिक गरिसक्नुपर्ने र नयाँ सदस्यता प्राप्तिको लागि मे १५ भित्रमा सदस्यता प्राप्तिको लागि निवेदन दिइसक्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित | २३ फाल्गुन २०७९, मंगलवार २०:१४