कस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ५८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित | २२ चैत्र २०७८, मंगलवार ०७:४६