रेडक्रस दोलखाको सभापतीमा इश्वरी प्रसाद दाहाल

दोलखा : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको सभापतिमा इश्वरी प्रसाद दाहाल चयन हुनु भएको छ । जिल्ला शाखाको ४१ औं जिल्ला सभा तथा १३ औ अधिवेशनबाट दाहालको सभापतित्वमा नयाँ कार्यासमिति चयन गरेको हो ।

त्यस्तै, उप–सभापतीमा बाबुकाजी बस्नेत, महिला उप–सभापतीमा रिता रिमाल (सिर्जना), मन्त्रीमा भरत नारायण प्रधान, कोषाध्यक्षमा भिम बहादुर केसी, उप–मन्त्री ताम प्रसाद आपागाई, उप–कोषाध्यक्षमा खड्क ध्वज खत्री चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा राधा देवी मास्के, छलिमायाँ थामी, कल्पना केसी, रविचन्द्र आचार्य, कुमार वस्नते, जगन्नाथ बस्नेत, बावुलाल लामा, कुमार तामाङ, कुसुम लामा, नवराज पाठक चयन हुनुभएको छ ।

No photo description available.

प्रकाशित | १२ फाल्गुन २०७९, शुक्रबार २०:३३