एनआरएनएका सल्लाहकार डा. हेमराज शर्मा राष्ट्रपतिद्धारा सम्मानित

काठमाडौं: गैर आवासीय नेपालीहरु तथा विद्यालयका पूर्व विद्यार्थीहरुको सहयोगमा बाग्लुगंको अमलाचौरमा करीब ७ करोडको लागतमा विद्यालय भवन तथा अत्याधुनिक मल्टिमिडया सेन्टरको स्थापना गरेका छन् । पूर्व विद्यार्थीहरु डा. हेमराज शर्मा, चन्द्र ढकाल र हेमराज ढकालको विशेष पहलमा सो परियोजना सम्पन्न भएको हो ।

विद्यालय भवन तथा मल्टिमिडिया सेन्टरको हस्तान्तरण समारोहमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व विद्यार्थीहरु शर्मा र ढकालद्धयलाई विद्यालयको गुणस्तरिय विकास र विद्यार्थीहरुलाई ऐक्यवद्धता गरि उल्लेख्यनीय योगदान गरेबापत सम्मान गरिएको हो । आफ्ना बुबा स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा चन्द्र ढकाल र हेमराज ढकालले बाग्लुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको अत्याधुनिक भवन निर्माण गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकाल र भाई हेमराजको सहयोगमा पृथ्वी उच्च माविमा १४ कोठे सुविधा सम्पन्न भवन बनाइएको छ। उक्त भवनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । आफ्ना स्वर्गीय पिता हिरण्य ढकालको स्मृतिमा भवन निर्माणमा सहयोग गरेपछि विद्यालयको नाम परिवर्तन गरेर पृथ्वी हिरण्य माध्यमिक विद्यालय नामाकरण गरिएको छ ।

निर्माणाधिन अवस्थामा अलपत्र परेको दुई कोठे भवन, चार कोठे शौचालय र खेल मैदान निर्माणका लागि ढकालले सहयोग गरेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईले बताउनुभयो । ‘पाँच करोड २८ लाख रुपैयाँ भवन निर्माणमा सहयोग गर्नुभयोे,’ प्रअ चापागाईले भन्नुभो, ‘खेल मैदान, शौचालय र अलपत्र भवनको निर्माण पूरा गर्नका लागि थप एक करोड रुपैयाँ खर्च हुन्छ।’
ढकालले माविलाई उच्च मावि सञ्चालन गर्ने बेला ५० हजार रुपैयाँ फर्निचर निर्माणमा सहयोग गरेको प्रअ चापागाईले बताउनुभयो ।

सोही समारोहमा विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, मल्टिमिडिया कक्षका समेत स्थापना गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा अमलाचौर अलमुनाईका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र पूर्वविद्यार्थीद्धारा संकलित ५० लाख रुपैयाँको अक्षयकोष विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपतिले विद्यालयका पूर्व विद्यार्थीको सक्रियतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्घाटन तथा अवलोकन समेत गर्नुभएको थियो ।  कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा सत्तारुढ दलका नेता दीनानाथ शर्मा, सांसदहरु डा सूर्य पाठक, मना केसी र देवेन्द्र पौडेल, व्यवसायीद्धय चन्द्र ढकाल, हेमराज ढकाल, गैरआवासीय नेपाली संघका सल्लाहकार डा हेमराज शर्मा, प्रअ प्रेम प्रसाद चपाई लगायतले सम्वोधन गर्नुभएको थियो ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १३:१५