एनआरएनए थाईल्याण्डको सराहनीय कार्य: १ सय १० जना विद्यार्थीलाई १५ दिन पुग्ने गरि राहत वितरण

बैंकक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) थाईल्याण्डले १ सय १० जना नेपाली विद्याथीलाई १५ दिन पुग्ने गरि राहत वितरण गरेको छ । एनआरएनए थाईल्याण्डले कोरोनाका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई अत्यावश्यक खाद्यान्न सामानहरु सहयोग गरेको हो ।

एनआरएनए थाईल्याण्डका अध्यक्ष आसाजीत अवालेका अनुसार कोरोनाको कारण समस्यमा परेका नेपाली विद्यार्थीलाई पहिलो चरणमा राहत वितरण गरिएको हो ।

‘पहिलो चरणमा समस्यामा पर्नुभएको १ सय १० जना विद्यार्थीलाई राहत वितरण गरेका छौ’, अध्यक्ष अवालेले भन्नुभयो, ‘एनआरएनएको सम्पर्कमा आउँने अन्य विद्यार्थीलाई पनि राहत वितरण गर्नेछ । हामीसँग दैनीक १०/ २० जना विद्यार्थीहरु सम्पर्कमा आइरहनु भएको छ ।’

थाईल्याण्डमा होटल म्यानेजमेन्ट अध्ययनको लागि आएका विद्यार्थीहरु होटल बन्द भएपछि कामविहीन बनेका थिए । कतीपय विद्यार्थीलाई होटलले खाना, बस्नको लागि प्रवन्ध गरे पनि धेरै विद्यार्थीलाई नहेरेको कारण विद्यार्थीमा समस्यामा परेको जानकारी भएपछि एनआरएनएले सहयोग गरेको अध्यक्ष अवालेले बताउनुभयो ।

कुनै पनि नेपाली वा विद्यार्थी कसैले पनि आगामी दिनमा भोकै बस्नु पर्ने अवस्था आउँन नदिन एनआरएनएले दोस्रो चरणमा समेत समस्यामा परेका नेपालीलाई सहयोग गर्ने योजना बनाएको अध्यक्ष अवालेले भनाइ छ ।

एनआरएनए थाईल्याण्डमा समस्यामा परेका विद्यार्थीलाई  अनलाईन फर्म भर्न आह्रवान गर्दै राहत वितरण गरेको र अधिकांश विद्यार्थीहरु नेपाल फर्कन चाहेको पनि बताउनुभयो । यहाँ रहेका अधिकाश विद्यार्थीहरु नेपाल फर्कन चाहेको बताउँदै अध्यक्ष अवालेले सरकारलाई स्वदेश फर्कने वन्दोवस्त गरिदिन आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष अवालेले थाईल्याण्डमा घुम्न आएका र उपचारको लागि आएका करिव २५ जना नेपाली पनि उडान बन्दको कारण प्रभावीत भएको र उहाँहरुसँग नियमीत सम्पर्कमा रहेको बताउनुभयो । थाईल्याण्डमा करिव ३ हजार नेपाली रहेकोमा १२ देखि १४ सयको हाराहारीमा नेपाली विद्यार्थी रहेको पाइन्छ ।

बैंकक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) थाईल्याण्डले १ सय १० जना नेपाली विद्याथीलाई १५ दिन पुग्ने गरि राहत वितरण गरेको छ । एनआरएनए थाईल्याण्डले कोरोनाका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई अत्यावश्यक खाद्यान्न खामानहरु सहयोग गरेको हो ।

एनआरएनए थाईल्याण्डका अध्यक्ष आसाजीत अवालेका अनुसार कोरोनाको कारण समस्यमा परेका नेपाली विद्यार्थीलाई पहिलो चरणमा राहत वितरण गरिएको हो । पहिलो चरणमा समस्यामा पर्नुभएको १ सय १० जना विद्यार्थीलाई राहत वितरण गरेका छौ, अध्यक्ष अवालेले भन्नुभयो, एनआरएनएको सम्पर्कमा आउँने अन्य विद्यार्थीलाई पनि राहत वितरण गर्नेछ । हामीसँग दैनीक १०/२० जना विद्यार्थीहरु सम्पर्कमा आइरहनु भएको छ ।

थाईल्याण्डमा होटल म्यानेजमेन्ट अध्ययनको लागि आएका विद्यार्थीहरु होटल बन्द भएपछि कामविहीन बनेका थिए । कतीपय विद्यार्थीलाई होटलले खाना,बस्नको लागि प्रवन्ध गरे पनि धेरै विद्यार्थीलाई नहेरेको कारण विद्यार्थीमा समस्यामा परेको जानकारी भएपछि एनआरएनएले सहयोग गरेको अध्यक्ष अवालेले बताउनुभयो ।

कुनै पनि नेपाली वा विद्यार्थी कसैले पनि आगामी दिनमा भोकै बस्नु पर्ने अवस्था आउँन नदिन एनआरएनएले दोस्रो चरणमा समेत समस्यामा परेका नेपालीलाई सहयोग गर्ने योजना बनाएको अध्यक्ष अवालेले भनाइ छ ।

एनआरएनए थाईल्याण्डमा समस्यामा परेका विद्यार्थीलाई फर्म भर्न आह्रवान गर्दै राहत वितरण गरेको र अधिकांश विद्यार्थीहरु नेपाल फर्कन चाहेको पनि बताउनुभयो । यहाँ रहेका अधिकाश विद्यार्थीहरु नेपाल फर्कन चाहेको बताउँदै अध्यक्ष अवालेले सरकारलाई स्वदेश फर्कने वन्दोवस्त गरिदिन आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष अवालेले थाईल्याण्डमा घुम्न आएका र उपचारको लागि आएका करिव २५ जना नेपाली पनि उडान बन्दको कारण प्रभावीत भएको र उहाँहरुसँग नियमीत सम्पर्कमा रहेको बताउनुभयो । थाईल्याण्डमा करिव ३ हजार नेपाली रहेकोमा १२ देखि १४ सयको हाराहारीमा नेपाली विद्यार्थी रहेको पाइन्छ ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार १९:१७