गागलफेदीमा आइतबार ९ औं कागेश्वरी पर्यटन महोत्सव हुँदै

काठमाडौं : कागेश्वरी मन्दिर ब्यवस्थापन एवं पर्यटन विकास समितिको आयोजनामा कागेश्वरी मनोहरामा प्रजातन्त्र दिवसको दिन ९ औं कागेश्वरी पर्यटन महोत्सव हुने भएको छ । ‘स्वच्छ हराभरा, घुम्न जाऔं कागेश्वरी मनोहरा’ भन्ने मूल नाराका साथ नगरपालिकाको वडा नंं १ को गागलफेदीमा आइतबार पर्यटन महोत्सव हुन लागेको हो ।

कागेश्वरीमा यो कार्यक्रम वर्षेनी हुँदे आएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर कागेश्वरीप्रतिको आर्कषण बढाउने उद्देश्यले पर्यटन महोत्सव गर्न लागिएको मेयर उपेन्द्र कार्कीले बताउनुभयो ।

मेयर कार्कीका अनुसार महोत्सवमा स्थानीय उत्पादनहरु स्टलमा राखिनेछ भने विक्री वितरण पनि हुनेछ । साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।

मेयर कार्कीले महोत्सव नगरपालिका कै पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम भएकाले जनप्रतिनिधि, नगरपालिका अन्तर्गत रहेका विद्यालय तथा विभिन्न संघसंस्थाहरुलाई सहभागिताको लागि आह्वान गर्नु भएको छ ।


प्रकाशित | ६ फाल्गुन २०७९, शनिबार २१:००