पाकिस्तान आक्रमण: पाँच जनाको ज्यान गयो

काठमाडौं: पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा विलासी होटलमा शनिवार आक्रमण भएको छ । एउटा सशस्त्र समूहले सो होटलका चार कर्मचारी र एक सैनिकको ज्यान गएको हो । बीबीसीका अनुसार अरब सागरनजिकै ग्वादारमा रहेको जाभेर पर्ल कन्टिनेन्टल होटल शनिवार अपराह्ण छिरेका तीन बन्दुकधारीसँग सुरक्षाकर्मीको भिडन्त भएको थियो। भिडन्तमा ती तीन जना आक्रमणको पनि ज्यान गएको थियो। घटनामा अन्य छ जना घाइते भएका छन्।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ०८:२१