एजेन्सी : मुम्बई ईन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो ।
१ सय ३२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएपनि सुर्यकुमार यादवले मुम्बईको ईनिङ्सलाई अघि बढाए । उनले नटआउट ७१ रनको अर्धसतकीय पाली खेले । इशान्त किसनले २८ रन बनाए । हार्दिक पाण्डेया शुन्य रनमा पवोलियन फर्किए ।
चेन्नेइका इमरान ताहिरले सर्वाधिक दुइ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सक्यो । अम्बातु रायडुले ४२ र कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन बनाएको ईनिङ्समा चेन्नेईले सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।दुवैले पाँचौ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीको ईनिङ्स उकासेका थिए ।ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । सुरेश रैना ५, मुरली विजयी २६ रनमा आउट भएका थिए ।
मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए ।दुई टोली पहिलो क्वालिफायर खेलमा मैदान उत्रिएका थिए ।चेन्नेईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासंग खेल्नेछ ।पहिलो ईलिमिनेटर राउण्डमा भोली बुधबार दिल्ली र हैदरावाद भिड्नेछन् ।
प्रकाशित | २४ बैशाख २०७६, मंगलवार २३:४३