ग्लोबल गोरखा समाजका संरक्षक हरिहर अर्याल सम्मानीत

काठमाडौं: ग्लोबल गोरखा समाजका संरक्षक हरिहर अर्याल सम्मानीत हुनु भएको छ । ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको अवसरमा अर्याल सम्मानीत हुनु भएको हो ।

गोरखा बजारमा शुक्रबार सम्पन्न समाजको अधिवेशनको अवसरमा विधान समितिका संयोजक रहेर र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अर्याल सम्मानीत हुनु भएको हो । अर्याल फ्रान्समै रहनु भएकाले उहाँलाई जुम मार्फत सम्मान गरिएको ब्यवहोरा वाचन गरेर सुनाइएको थियो ।

अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गर्नु भएको थियो ।

समाजका अध्यक्ष विनय अधिकारीले अर्यालले संस्थालाई विधानसम्मत अगाडि बढाउन र संस्थागत विकासमा अग्रणी भूमीका खेल्दै आएको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै सम्मान गरिएको बताउनु भयो ।


प्रकाशित | ५ कार्तिक २०७९, शनिबार ११:५२