खनाल–नेपाल समूहको ओलीलाई साढे ४ बजेसम्म अल्टिमेटम, पूरा नभए राजीनामा

काठमाडौँ । नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।

समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिनु भयो । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा गर्ने नेता रावलले बताउनु भयो


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १३:१५