सूर्यविनायक नगरपालिकाको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनीक

This image has an empty alt attribute; its file name is 1220x120-.gif

भक्तपुर:  सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको प्रगति प्रतिवेदन सार्वजनीक गरेको छ । १३ औं नगरसभापछि पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति तथा समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनीक प्रतिवेदनका अनुसार यो अवधिमा ६० प्रतिशत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत २९१ वटा कार्यक्रममध्ये ६ महिनासम्म १७६ वटा कार्यक्रम कार्यक्रम कार्यन्वयन भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

This image has an empty alt attribute; its file name is Hybrid-bachat-khata_1200x100-1.gif

यसमध्ये ७१ वटा योजनाहरु सम्पन्न समेत भइसकेको छ । बाँकी १२५ कार्यक्रमका लागि भने कार्यान्वयन सम्झौता हुन बाँकी रहेको जनाइएको छ । समीक्षा अनुसार यो अवधिमा नगपालिकाले १ अर्ब ३२ करोड स्रोत परिचालन गरी ४२ करोड २२ लाख खर्च गरेको उल्लेख गरेको छ । यो अवधिमा परिचालित कुल राजश्वमध्ये ९ करोड २४ लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन भएको नगरपालिकाको तथ्याङ्क छ ।

यो अवधिमा ‘उज्यालो नगर प्रमुख’ कार्यक्रममार्फत चालू आर्थिक वर्षमा नगर क्षेत्रमा १ हजार १ सय ८६ सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै, १ हजार ३ सय १९ वटा घर नक्सासम्बन्धी कार्य गरिएको नगरपालिकाले जनाएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, वरिष्ठ राजस्व अधिकृत तथा सूचना अधिकारी अनिरुद्र नेपाल, बरिष्ट शाखा अधिकृत एवं गुनासो सुन्ने अधिकारी राजेन्द्रप्रसाद नेपाललगायतका नगरपालिकाका बिभिन्न जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित | १९ माघ २०७९, बिहीबार १९:३२