आयरल्याण्डमा मृतक परिवारलाई २ हजार यूरो र यूरोप क्षेत्रलाई १ हजार यूरो सहयोग गर्ने निर्णय

डब्लिन :  गैर आवासीय नेपाली संघ आयरल्याण्डले कोभिड १९ को कारण आयरल्याण्डमा मृतक परिवारका सदस्यलाई २ हजार यूरो र यूरोप क्षेत्रलाई १ हजार यूरो सहयोग गर्ने निर्णय गरेको छ ।एनआरएनए आयरल्याण्डको कोभिड १९ सहयोग तथा समन्वय समितीको सचीवालय बैठकले सो निर्णय गरेको हो ।

एनआरएनए आयरल्याण्डका महासचिव ओम अधिकारीका अनुसार समितीका संरक्षक तथा यूरोप उप संयोजक शुक्रराज न्यौपानेको विशेष उपस्थिती तथा संयोजक एवं अध्यक्ष मिलन छन्त्यालको अध्यक्षतामा बसेको बैठकले पञ्जीकृत सदस्य रमेश कुमारको पत्नी उजेली कुमारीको असामयीक निधन प्रती श्रद्वाञ्जली व्यक्त गर्दै मृतकको परिवारलाई २ हजार यूरो सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितीको राहत कोषमा यूरोपको लागि १ हजार यूरो सहयोग गर्ने निर्णय समेत गरेको छ।

बैठकमा समिती सदस्यहरु आइसिसी सदस्य विनोद कार्की, पूर्वअध्यक्ष एवं संरक्षकहरु गणेश प्रसाई, राजन काफ्ले, नवराज कोइराला, प्रमूख सल्लाहकार बसन्त न्यौपाने, उपाध्यक्षहरु अबीध्यपानी गौतम , रामप्रसाद सापकोटा, सुनिता कार्की , कोषाध्यक्ष सुमन गुरुङको उपस्थिति थियो ।

त्यस्तै, बैठकले आयरल्यान्ड सरकारबाट उपलब्ध हुने वेलफेयर प्राप्त नगर्नु भएका नेपालीहरुलाई राहत आवश्यक परेको अवस्थामा गैरआवासीय नेपाली संघ आयरल्याण्डसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ । साथै बैठकले माग भए अनुसारको आवश्यक निर्णय सचिवालयले गर्ने पनी निर्णय गरेकोे छ।


प्रकाशित | १५ बैशाख २०७७, सोमबार १७:२२