एनआरएनएमा अब पनि चुनाव रोक्ने र नगर्ने छुट कसैलाई छैन : विनय अधिकारी

काठमाडौं – गैर आवासीय नेपाली संघमा आगामी कार्यकालका लागि महासचिव पदका उम्मेदवार विनय अधिकारीले अब पनि चुनाव रोक्ने र नगर्ने छुट कसैलाई नभएको बताउनु भएको छ ।

महासचिवका उम्मेदवार अधिकारीले गैर आवासीय नेपाली संघको इतिहासमा पहिलो पटक यती धेरै विवाद भएको र अब विवाद गरिरहने तथा निर्वाचन नगर्ने छुट कसैलाई नभएको बताउनु भएको हो ।

‘पटक पटक निर्वाचनको मिति घोषणा गर्ने, कार्यतालिका सार्वजनीक गर्ने र स्थगीत गरिरहने प्रवृत्ति अब सह्य हुन सक्दैन’, उहाँले भन्नु भयो, ‘केहि ब्यक्तीलाई समेट्ने नाममा लाखौ लाख गैर आवासीय नेपालीहरुको अधिकारलाई बच्चित गर्ने छुट कसैलाई छैन ।’

उहाँले उच्चस्तरीय समितिले तत्काल संघभित्र देखिएको विवाद समाधान गर्नुपर्ने र तोकिएको समयमभित्रै विवाद समाधान गरि डेलिगेट्सको लिष्ट बुझाउनुपर्ने पनि बताउनु भयो । संस्थामा विवाद अति भएकोमा चिन्ता ब्यक्त गर्दै अधिकारीले अब भने नसहने बताउनु भयो ।

काठमाडौंमा बसेर एनआरएन भन्नै जाजमर्दो अवस्था आएको बताउँदै उहाँले अब पनि चुनाव र अधिवेशन नगर्ने हो भने संस्थाको अस्तित्व समाप्त नहुने चेतावनी दिनु भयो ।

‘संस्थाको निश्चित विधि र विधान हुन्छ, निश्चित अवधिका लागि कार्यसमिति चयन गरिएको हुन्छ’, उहाँले भन्नु भयो, ‘अब यो समय निकै घर्किसकेको र निर्वाचन नभए संस्था विभाजनको दिशातर्फ उन्मूख भइरसकेको छ, संस्था बचाउनका लागि पनि अपरिहार्य छ ।’


प्रकाशित | ९ माघ २०७८, आईतवार २२:५०