बाल चौतारी वेस्टका बिधार्थीहरुलाई Fire Safety तालिम

मेलबर्न : मेलबर्नको पश्चिम छेत्रमा अबस्थित नेपलिज एसोसिएसन अफ भिक्टोरियाको संयोजनमा संचालित नेपाली बिद्यालय बाल चौतारी वेस्टका बिधार्थी भाइबहिनीहरुलाई Fire Safety तालिम दिएको छ । मेलबर्न नेपलिज कम्युनिटी वेस्टका अध्यक्ष शंकर थापा तथा बाल संसार ग्लेंरोयका उपाध्यक्ष रिता पन्तको सक्रियतामा आयोजित उक्त तालिम The Metropolitan Fire Brigade (MFB) को तर्फबाट दिएको थियो । तालिममा सम्पूर्ण बिधार्थीहरुले निकै उत्साहित र चाखका साथ् सहभागीता जनाएका थिए ।

तालिमबाट बिधार्थीहरुले आगो लागेको अबस्थामा आफुले कसरी त्यसको रोकथाम र सामना गर्ने, सहयोग र सुरक्च्या लागि के के तरिकाहरु अपनाउने, आगोलागी हुन् नदिनका लागि के के उपाय अपनाउने लगाएतका सहि तरिका र बिधिहरु सिकेका थिए । आफ्नो केटाकेटीहरुले तालिमबाट धेरै जानकारी हासिल गरेकोमा उपस्थित विधार्थीहरुका अभिभाबकहरु निकै खुशी भएका थिए ।

निशुल्क तालिम संचालन गर्न पहल गर्नु भएका मेलबोर्न नेपलिज कम्युनिटी वेस्टका अध्यक्ष शंकर थापा तथा बाल संसार ग्लेंरोयका उपाध्यक्ष रिता पन्त, तालिम प्रदान गर्ने संस्था The Metropolitan Fire Brigade (MFB) का तर्फबाट प्रशिक्षक Station officer Owen Leslie Butler लाई बिधालयका कोअर्डिनेटर राजु श्रेष्ठले धन्यबाद ज्ञापन तथा खादा ओढाएर सम्मान गरेका थिए र सम्पूर्ण बिधार्थीहरु लगायत अभिभाबकहरुलाई सहयोग र उपस्थिति भई तालिम संचालनमा मद्दत पुर्याएकोमा धन्यबाद दिएका थिए ।

 


प्रकाशित | २६ फाल्गुन २०७६, सोमबार १२:१९