सुशील भट्टराईलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौं – सुशील भट्टराईलाई नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

भट्टराई निगमका नायव कार्यकारी निर्देशक हुनुहुन्छ । गोपाल खड्का पदमुक्त भएपछि उहाँले करिब १५ महिना निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।


प्रकाशित | ५ माघ २०७८, बुधबार २१:४७