आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद् बैठक बस्दै छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई लिएर सत्ता गठबन्धन दलहरु विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाउनुभएको हो। आज (बिहीबार )दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार १२:०४