नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८ हजार ६०५ पुग्यो

काठमाडौं : नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ४९ महिला र २८२ पुरुष सहित ३३१ जना थपिएका हुन ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । जसमा ७६५ महिला र ७ हजार ८४३ रहेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।

पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको छ।


प्रकाशित | ६ असार २०७७, शनिबार १६:३१