सबै प्रकारका विशेषज्ञ सेवा सहित भक्तपुरको गट्ठाघरमा आयु सुपरस्पेशियालिटी क्लिनिकको शुभारम्भ

भक्तपुर : भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको छ । जर्मनहोम्ससँगै रहेको आयु भवनबाट भक्तपुर मानव आश्रमका वृद्धबृद्धा र बालबालीकाले श्रीपञ्चमीको दिनको अवसर पारेर बिहीबारबाट विधिवत् रुपममा क्लिनिक शुभारम्भ गर्नु भएको हो ।

व्यवस्थापक बिकाश थापाले क्लनीकले भक्तपुरसहित पूर्वी भेगको स्वास्थ्य उपचार सेवालाई सहयोग पुगोस भन्ने उद्देश्यले अत्याधुनीक सुविधा सञ्चालनमा ल्याएको बताउनुभयो ।

‘भक्तपुर जिल्ला र यस पूर्वका जिल्लाका सर्वसाधारणहरुको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरिय बनाउन हामीले यो क्लिनिक संचालनमा ल्याएका हौं,’ व्यवस्थापक थापाले भन्नुभयो ।

किल्निकका अध्यक्ष प्रा. डा।सुरज बज्रचार्यले क्लीन आफू एकल ब्यक्तीमात्र नभई टिम नै रहेको जानकारी गराउनुभयो ।

डा. बज्रचार्यले क्लीनकमा आन्तरिक चिकित्सा, आन्तरिक चिकित्साको विशेष सेवाहरू ग्यास्ट्रोन्टेरोलजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रिया, डाग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी ड्ड आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग÷इनभिट्रो फर्टिलाइजेशन र बाल रोग सुविधा रहेको डा. बज्रचार्यले जानकारी दिनुभयो ।

एउटै छानामूनी २० वटा विभाग अन्तरगत सबै प्रकारका विशेषज्ञ डाक्टर, गुणस्तरिय ल्याव, सहितको सेवा रहेको क्लीनकले अपाङता भएका र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई २५ प्रतिशत आजीवन छुट प्रदान गर्ने जनाएको छ ।


प्रकाशित | १२ माघ २०७९, बिहीबार २२:३६