विमानस्थल दैनिक ७ घण्टा बन्द गरेर स्तरोन्नति, स्तरोन्नति समयअगावै पूरा हुने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गपछि निर्माण भइरहेका अन्य स्तरोन्नतिको काम निर्धारित समयअगावै पूरा हुने भएको छ । हाल रात्रिको समयमा विमानस्थल दैनिक ७ घण्टा बन्द गरेर स्तरोन्नतिको काम भइरहेको छ ।

राति ११ बजेर ३० देखि विहान ६ः३० सम्म विमानस्थल स्तरोन्नतिअन्तर्गत दोस्रो चरणको काम भइरहेको छ । सेप्टेम्बर १९भदौ १५० बाट सुरु भएको यो काम शीघ्र सम्पन्न हुने जनाइएको छ ।

स्तरोन्नतिअन्तर्गत धावनमार्गको काम पूरा भइसकेको छ भने दोस्रो चरणको ‘प्यारालल ट्याक्सी–वे’को काम पनि भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका इन्जिनियर दीपेन्द्र श्रेष्ठले बताए ।

उनले भने, “स्तरोन्नतिको सम्पूर्ण काम पूरा गर्ने समय सन् २०२० को मे महिनासम्म हो तर नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने हेतुले विमानस्थल चुस्त दुरुस्त गर्नको लागि तीव्र गतिमा काम भइरहेकोले डिसेम्बरभित्र सक्ने लक्ष्यसहित काम भइरहेको छ।”चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य लिएको छ ।

सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिको लागि राति साढे ११ बाट बिहान साढे ६ बजेसम्म ‘नोटिस फर एयरम्यान’ ९नोटाम० जारी गरेर राति उडान अवतरण नै बन्द गरेर विमानस्थलको भइरहेको हो ।विमानस्थल कार्यालयले विगतमा जस्तो उडान प्रभावित नभएको जनाएको छ ।
हाल विमानस्थलमा आन्तरिक र वाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेको छ । नयाँ स्वरूपको धावनमार्ग संञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसको लागि निरन्तर मर्मतसम्भारको आवश्यकता भने पर्ने छ ।

नयाँ धावनमार्ग निर्माणसँगै अहिलेकै हवाई चापको अवस्थामा पनि २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिने प्राधिकरणको भनाई छ । हाल विमानस्थल ३ घण्टा ९विहान ३ देखी ६ बजे सम्म०बन्द हुँदै आएको छ ।

नेपाल भ्रमण वर्षको पूर्वाद्र्धमा विमानस्थलको धावनमार्ग स्तरोन्नति सम्पन्न भएसँगै करिव ४४ वर्ष पुरानो कालोपत्रेलाई विस्थापन गरिएको थियो ।सन् १९७५ मा निर्माण गरिएको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नयाँ पिच राखिएको हो । धावनमार्गको ३ हजार ५० मिटर लम्बाई र ६० मिटर चौडाईको कालोपत्रेलाई पूर्ण रूपमा फालेर नयाँ कालोपत्रे गरिएको हो । यो समाचार आजको कारोबार दैनीकमा छ ।

चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रुपैयाँको लागतमा धावमार्गको स्तरोन्नति र विमानस्थलको प्यारालल ट्याक्सी–वे, लिंक रोडलगायतको काम गरिरहेको छ ।
विमानस्थलको दक्षिणतर्फ २ ठूला विमान पाकिङ गर्न मिल्ने निमार्ण भइरहेको छ । टर्मिनल बिल्डिङ विस्तारको काम भइरहेको छ ।

विमानस्थलले थपिएको समयमा तीन विमान कम्पनीले उडान भरिरहेको जनाएको छ ।विमानस्थलको निमार्णकार्य सन् २०१९ भित्रै सकेर ‘नेपाल भम्रण वर्षको–२०२०’ लागि २४ घण्टा उडान अवतरण गर्न लक्ष्य सहित काम भइरहेकोइन्जिनियर श्रेष्ठले बताए । सरकारले विमानस्थललाई वुटिक एयरपोर्टका रूपमा विकास गर्ने काम पनि गरिरहेको छ ।


प्रकाशित | २० कार्तिक २०७६, बुधबार १०:५१