उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवको उम्मेदवारी

काठमाडौं -नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरउनु भएको छ।

शुक्रबार अपराह्न संघीय संसद् भवन पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो । कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा उनले उम्मेदवारी दिनु भएको हो ।

उहाँको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे ,एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ल र कांग्रेसका सांसद रमेश लेखक समर्थक छन्।

यादव कांग्रेस धनुषाबाट समानुपातिक निर्वाचित सांसद हुनुहुन्छ भने यसअघि राष्ट्रिय सभा सदस्य बन्नु भएको थियो ।

यसअघि सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिइसक्नु भएको छ । उपसभामुखको निर्वाचन माघ ७ गते हुनेछ।


प्रकाशित | ६ माघ २०७९, शुक्रबार २०:२३