प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थ मन्त्री पौडेलसँग जापानी संसद तथा पूर्व मन्त्रीको भेट

तीनैनेता द्धारा जापानको सहयोग प्रती धन्यवाद दिंदै निरन्तरताको आग्रह

काठमाडौं : नेपालको घनिष्ट मित्र राष्ट्र जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकी सहितको टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाल सहित उच्चपदस्थ नेताहरुसँग भेट गरेको छ।

May be an image of 4 people, people sitting, people standing, suit and indoor

नेपाल जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीयटोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्रीविष्णुप्रसाद पौडेलसँग भेटगरी छलफल गरेको हो।

उक्त भेटका अवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए। जापान सरकारसँगै जाइकालगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उनको भनाई थियो।

May be an image of 9 people, people standing and suit

प्रधानमन्त्री दाहालले नेपाल अहिले विकासको चरणमा प्रवेश गरेको छ भन्दै आगामीदिनमापनि जापानको सहयोग धेरै महत्वपूर्ण हुने बताए । नेपालमा लगानीका लागि अनुकुलवातावरण बनाइने जानकारी दिंदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानीगर्न आउनेगरी वातावरण तयार गरिदिन आग्रह गरे।

गतवर्ष आफुले जापानको भ्रमणगर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावितबनेको भन्दै दाहालले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकासगर्न चाहेको बताए। जापानमा आधुनिक वैज्ञानिक रुपमा गरिएको कृषि खेति बाट आफु निकै प्रभावित बनेको दाहालको भनाई थियो।

May be an image of 3 people and people standing

यस्तै दाहालले जापानले नेपाली नागरिकलाई विभिन्न क्षेत्रमा कामगर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोगगर्न आग्रहगरेका थिए।सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, डिजिटल स्पेश लगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन्। नेपालको जनशक्ति लाई जापानमा सहज ढंगले प्रवेश गर्ने तथा स्थापित गराउने बारे समेत दुई नेता बिछ छलफल भएको छ।

साँसदमा साकीको माओवादी पार्टी र यसको झुकाव चीन तर्फ रहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूणर्रुपमा प्रजातन्त्रमा विश्वासराख्ने पार्टी भएको जानकारी दिए। ‘म आफै ४ पटक निर्वाचन लडेर आएको व्यक्ति हुँ, ’प्रधानमन्त्री दाहालले भने‘ हाम्रो पार्टी न प्रोचाइना हो नत प्रोइण्डिया नै। हामी प्रोनेपाली मात्र हौं ।’

May be an image of 5 people, people standing and people sitting

प्रधानमन्त्री दाहालले आफुले ९९ प्रतिशत भन्दा बढी संसदबाट विश्वासको मत पाएर प्रधानमन्त्री बनेको जानकारी दिंदै आफुलाई जापान बाट पनि पुरापुर सहयोगको अपेक्षा राखेका थिए।

त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटन लगायतका क्षेत्रमा लगानी आउनसक्ने आफुले देखेको जानकारी गराएका थिए। उनले आगामी दिनमा ग्रीन इनर्जी माजानुको विकल्प नभएको भन्दै यसकालागि नेपाललाई जापानले सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस्तै संसदको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए।

May be an image of 5 people, people standing and suit

देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भुकम्प, बाढीपहिरो लगायतका दैविप्रकोपका घटनामा पनि जापानले मन खोलेर सहयोग गर्दै आएको जानकारी पनि दिए।

सभापति देउवाले पछिल्लावर्षहरुमाविग्रदो वातावरणीय प्रभावकाकारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरु गरेको र नेपालमा पनि समस्या आइरहेको भन्दै यी समस्या न्यूनिकरणमा जापानको सहयोग आवश्यकरहेको बताए।

त्यस अवसरमा जापानी सांसद मासाकीले आफुले नेपालमा जलस्रोतको विकासको उच्च संभावना देखेको भन्दै जापानको आर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए। नेपालमा उत्पादित विजुली भारत र बंगलादेशमा निर्यातगर्न सके नेपाललाई फाइदा पुग्ने उनको धारणा थियो।

May be an image of 6 people, people sitting, office and indoor

साँसद मासाकीको टोलीले शुक्रबारनै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो। उक्त भेटमा मासाकीले नेपालको छिमेकी मलुक भारतले विभिन्न परियोजनाकालागिजापानबाट सस्तोव्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए।

उनले जापान बाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए। त्यस अवसरमाअर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभाव रहेको जानकारी दिंदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफुले तत्काल पहल गर्ने बताएका थिए।

यस्तै अर्थमन्त्री पौडेलले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकुल वातावरण बनाउने जानकारी दिंदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोगगर्न आग्रह गरेका थिए।

यस्तै टोलीले बिहीबार दुई प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँग भेट गरेको थियो।

यस्तै शुक्रबार साझ सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकीको सम्मानमा रोटरी इन्टरनेसनल डिस्टिक नेपाल भुटानले रात्रीभोज तथा विशेष कार्यक्रमको आयोजना गरेको थियो जापानी टोली गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्टको निमन्त्रणमा नेपाल आएको हो।


प्रकाशित | ३० पुष २०७९, शनिबार २०:०७