कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

सुर्खेत:  कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

शर्माले माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसद गरि २५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नु भएको थियो ।

माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।


प्रकाशित | २७ पुष २०७९, बुधबार १७:३४