एनआरएनए आइसिसी सचिव पदमा कोरियाबाट डा.देवी बस्नेतको उम्मेदवारी घोषणा

सियोल – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रिया समन्वय परिषद्को सचिवमा कोरियाबाट डा. देवी बहादुर बस्नेतले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

बस्नेतले आगामी कार्यकाल (२०२१-२०२३) को लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए निर्वाचन आगामी अक्टोवरमा हुँदैछ ।

डा. बस्नेतले २००६ मा एनआरएनए दक्षिण कोरियाको संस्थापक उपसभापति हुदै महासचिव तथा तीन कार्यकाल सम्म संरक्षकको भूमीका निर्वाह गर्नु भएको थियो ।

त्यस्तै, २००९-२०११, २०११-२०१३ र २०१९-०२१ मा गरि तीन कार्यकाल सम्म एनआरएनए आईसीसी सदस्यको जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ ।

साथै उहाँले एनआरएनएको निर्वाचन मण्डलको सदस्य हुदै निर्वाचन मण्डलको संयोजकको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नु भएको छ ।

उहाँले एनआरएनए आइसीसीका बिभिन्न कमिटी तथा ट्याक्सफोर्समा बसेर काम गरिसक्नु भएको छ ।

त्यस्तैगरि, एनआरएनए एसिया प्यासीफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक भई उहाँले कार्य सम्पादन गरिसक्नु भएको छ ।


प्रकाशित | ३२ श्रावण २०७८, सोमबार १८:१६