कांग्रेसले विश्वासको मत दिएर जाल थाप्न खोजेको हो भने जालमा कुनै माछा पर्नेवाला छैन: ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेकोमा धन्यवाद दिनु भएको छ । कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल नहुने ओलीले बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने टिप्पणी गर्नु भएको हो ।

ओलीले भन्नुभयो, ‘समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’


प्रकाशित | २६ पुष २०७९, मंगलवार १४:३४