हावाहुरीले घरको छानो उडाउँदा एकको मृत्यु

सर्लाही : सर्लाहीमा हावाहुरीले घरको छानो उडाउँदा एक जनाको मृत्यु भएको छ । ले लागेर एक पैदल यात्रुको मृत्यु भएको छ। सर्लाहीको रामनगर गाउँपालिका १ मा हावाहुरीले घरको छानो उडाउँदा पैदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पन्नि लाल सहनी रहेको प्रहरीले जनाएको छ । छानोको काठले टाउकोमा लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि मलंगवा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०६:२०