पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ : सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले पृथ्वीजयन्तीका दिन बिदा दिने निर्णय गरेको हो ।

यसअघि राप्रपाले सरकारलाई विश्वासको मत दिन पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । राप्रपाको उक्त प्रस्तावअनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद्‍ बैठकले एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमलाई समेत अनुमोदन गरेको छ ।


प्रकाशित | २५ पुष २०७९, सोमबार १९:३९