आन्तरिक हवाई उडानको भाडा बढ्यो, कुन रुटकाे भाडा कति ?

काठमाण्डौ – नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएसँगै आन्तरिक हवाई उडानको भाडा बढेको छ ।  उडान कम्पनीहरुले भोलिदेखि लागु हुनेगरी भाडा वृद्धि गरेको जनाएका छन् ।

एअरलाइन्स कम्पनीहरुले सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढाएका छन् । उता काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ ।

यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।


प्रकाशित | २१ फाल्गुन २०७८, शनिबार १८:४७