प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर : नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बन्नु भएको हो ।

एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन गर्नु भएको थियो ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब ६० जनाको समर्थनमा कार्कीले दाबी पेश गर्नु भएको थियो।


प्रकाशित | २४ पुष २०७९, आईतवार १७:५३