सहकारीहरुलाई मेयर बासुदेव थापाको सुझाव : ऐन-नियम पालनामा कहिल्यै हेलचेक्राई नगर्नुहोस्

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नगरभित्रका  सहकारीलाई ऐन, नियम र कानुन पालनामा हेलचेक्राई नगर्न आग्रह गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ३ बालकोटमा रहेको सलमपाखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै मेयर थापाले सहकारी क्षेत्रले ऐन, नियम र कानुन पालनामा सचेत हुनुपर्ने बताउनुभएको हो ।

This image has an empty alt attribute; its file name is 324609998_1130239877856476_9196939968691769974_n-1024x768.jpg

स्थानीय तहलाई सहकारी संस्थाको जिम्मेवारी दिँदा सूर्यविनायक नगरपालिकामा १३७ सहकारी संस्था रहेको जानकारी गराउनुहुँदै त्यसपछिका दिनमा कार्यविधि बनाएर नगरपालिकाले गर्नुपर्ने कामहरु गर्दै आएको बताउनुभयो ।

उहाँले सबै सहकारी साकोसलाई ब्यवस्थित ढंगले सञ्चालन गर्न प्रयास भइरहेको बताउनुभयो । उहाँले ऐन, नियम र कानुन अनुसार चल्ने साकोसलाई पुरस्कृत गर्ने र पालना नगर्नेलाई खवरदारी गर्दै अटेर गरे कारवाही समेत गर्ने नीति अवलम्बन गरिरहेको उल्लेख गर्नुभयो ।

This image has an empty alt attribute; its file name is 323530452_1208620046411096_1154294739243801955_n-1024x486.jpg

मेयर थापाले भन्नुभयो, ‘सहकारीमा नीति, नियम र कानुन पालनामा कहिल्यै पनि हेल्चेक्राई नगर्नुहोस । सहकारीमा ठूलो र धेरै पूँजी भएर मात्र हुँदैन, चुस्त दुरुस्त चलेको छ कि छैन भन्ने कुरा ठूलो हो ।’

उहाँले सहकारी क्षेत्रलाई सामाजीक कार्यमा पनि लगाउनुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रलाई आयमूलक, सीपमूलक र रोजगारी सृजना गर्नतर्फ लगाउनुपर्ने मेयर थापाको जोड छ ।

This image has an empty alt attribute; its file name is 324160382_884242876043461_2718679666266647185_n-1024x768.jpg

सबै मिलेर समृद्ध तथा सुखी नेपाली बनाउन सहकारी क्षेत्रले पनि महत्वपूर्ण भूमीका खेलेको बताउनुहुँदै मेयर थापाले सहकारीलाई एकढिक्का र ब्यवस्थित बनाएर संचालन गर्न नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको समेत जानकारी गराउनुभयो ।


प्रकाशित | २३ पुष २०७९, शनिबार १९:३७